काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रिमियर इन्स्योरेन्सको नाफा ५.६०% ले बढेको छ । अघिल्लो वर्ष यसले ३५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले अहिले ३७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीले बिमा कोषको आकार पनि २६.७७% ले बढेर ८५ करोड २५ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६७ करोड २४ लाख रुपैयाँ थियो ।
यस्तै खुद बिमा शुल्क ९.६०% ले बढेर ७६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसाले बढेर ३४ रुपैयाँ ७८ पैसा कायम भएको छ । प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २२१ रुपैयाँ ५२ पैसा छ र जगेडा कोषमा ७६ ४० करोड ९१ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्