×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ करोड २५ लाख ३२ हजार रुपैयाँ लागतमा काठमाडौं महानगरपालिका वडा नं. १२ को भवन शिलान्यास (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४ करोड २५ लाख ३२ हजार रुपैयाँ लागतमा काठमाडौं महानगरपालिका वडा नं. १२ को भवन शिलान्यास (भिडियो)

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय भवन शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १२ को वडा कार्यालय भवनको शिलान्यास बुधवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको हो । टेकुमा बस्न लागेको वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ रहेको बताइएको छ ।
भवन २०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सुविधा सम्पन्न आधुनिक भवन बनाउन आफुहरु तयार रहेको बताउनुभयो । बाहिरी स्वरुपमा मौलिकता कायम गर्ने र भित्र सबै आधुनिकता झल्किने गरी भवन निर्माण गरिने उहाँले बताउनुभयो ।
६ तल्ले भवनमा कार्यालयका लागि आवश्यक कार्यकक्ष, ५० जना क्षमताको कार्यक्रम हल, भूमिगत तल्लामा पार्किङको व्यवस्था, ६ जना क्षमताको लिफ्टको व्यवस्थासमेत हुने वडा कार्यालयले जनाएको छ । हेर्नुहोस्  भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी