Skip to content
LAXMI SUNRISE BANK

हाथवे इन्भेष्टमेन्टको १३औं साधारणसभा भदौ २५ गते, प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गरिने

अर्थ सरोकार

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको १३औं वार्षिक साधारणसभा भदौ २५ गते हुने भएको छ । सभा रजिष्ट्रर्ड कार्यालय, लैनचौरमा दिउँसो २ बजेबाट हुने भएको हो ।
सभामा कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५% ले हुने रकम १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले आइपीओ निष्कासन गर्न लागेको हो ।
साथै कम्पनीले ५५% लाभांश बितरण गर्ने पनि प्रस्ताव पेश हुँदैछ । यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहलगायतका विषमा छलफल हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK