काठमाडौं । आज शुक्रबारदेखि एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री खुला भएको छ । बैंकले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले कोषको सो सेयरमा भदौ १८ गतेसम्म न्यूनतम १४ सय १० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
सो सेयरमा लगानीकर्ताले एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।