काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरुलाई पुनः सचेत गराएको छ । आईतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरुलाई सचेत गराएको हो । त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनु भयो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफ्ना पसलमा आउने ग्राहकहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ । सहायक प्रमुृख जिल्ला अधिकारी पौडेलले भन्नु भयो, ‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी नबस्न व्यापारीहरुलाई निर्देशन दिएका छौं । र आफ्नो पसलमा आउने ग्राहकहरुलाई समेत सेनिटाईजर र अनिवार्य रुपमा मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न दिनुहोला भनेर निर्देशन दियौं । यसै सन्दर्भमा हामीले मास्क नलगाएका ६८ जना व्यक्तिहरुलाई एक सयका दरले जरिवाना ग¥यौ र मास्क नलगाई हिँडीरहेका सर्वसाधारणलाई सम्झाई बुझाई मास्क लगाउन अनुरोध गरी ७५ जनालाई निःशुल्क मास्कको पनि व्यवस्था गरेका छौं ।’
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए÷नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले सबै सार्वजनिक सवारी साधनमा पनि यात्रुहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न निर्देशन दिएको र त्यसको पालना भए/नभएको अनुगमनको कामलाई पनि तीव्रता दिइएको जानकारी दिनु भयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्