×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अभियान लघुवित्तमा हदैसम्मको लफडा, हाकिमले मनपरीको हद नाघेको भन्दै ३४ जनाले दिए सामुहिक राजिनामा (प्रमाणसहित)

PRIME CA

अभियान लघुवित्तमा हदैसम्मको लफडा, हाकिमले मनपरीको हद नाघेको भन्दै ३४ जनाले दिए सामुहिक राजिनामा (प्रमाणसहित)

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बेला बेलामा अनेक काण्डमा मुछिने अभियान लघुवित्त वित्तीय संस्थामा फेरी पनि लफडा निम्तिएको छ । संस्थामा डेपुटी सीइओको मनपरीले हद नाघेको भन्दै ३४ जनाले सामुहिक राजीनामा दिएपछी संस्थाको लफडा सतहमा आएको हो । अर्थ सरोकारलाई प्राप्त राजीनामाको माइन्युटअनुसार नायब प्रमुख कार्यकारी अधिकृतले काममा अवरोध गरेको, मनपरी सरुवा गरेको, कर्मचारीहरुको गुनासो नसुनेको लगायतका कारणहरु देखाउंदै  कर्मचारीहरुले संस्थाबाट सामुहिक राजीनामा दिएका छन् ।  यसरी काम गरिरहेका कर्मचारीहरुले राजिनामा दिएपछि एकातर्फ संस्थाको काम कारवाही प्रभावित बनेको छ भने अर्कोतर्फ संस्थाको व्यवस्थापन कुनहदसम्म कमजोर छ भन्ने तथ्य पनि बाहिरिएको छ । महिनौंबित्दा पनि यो लफडा मिलाउन नसक्नुले व्यवस्थापनको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ ।

अर्थ सरोकारलाई प्राप्त राजिनामाको माइन्युट अनुसार विभिन्न स्थानमा कार्यरत कर्मचारीहरुले राजिनामा दिएका छन् । यसले संस्थाको काम चौतर्फी रुपमा प्रभावित बनेको छ । एकातर्फ कर्मचारी असन्तुष्ट हुनु, अर्कोतर्फ व्यवस्थापनको कार्य क्षमतामाथि प्रश्न उठ्नाले निकट भविष्यमै आइपीओको तयारी गरिरहेको यो लघुवित्त कुन हदसम्म कमजोर छ भन्ने तथ्य छताछुल्ल भएको छ । कर्मचारीले डेपुटी सीइओको बोल्ने शैलीदेखि काममा वेवधान खडा गरेको विषयसम्ममा प्रश्न उठाउनु र सो प्रश्नमा ३४ जनाले सहमति गरेर एकैपटक राजिनामा दिनुले संस्थाभित्रभित्रै कुनहदसम्म कमजोर छ भन्ने तथ्यलाई पनि प्रमाणित गरिदिएको छ ।

डेपुटी सीइओ भन्छन् – कुरा मिलाउँदैछौं, न्युज नलेखीदिनुहोला…

यता यस विषयमा के भएको रहेछ भनेर बुझ्न हामीले संस्थाका विवादित डेपुटी सीइओ रोशन कुमार अधिकारीलाई सम्पर्क गरेका थियौं । उनले सामुहिक राजीनामाको लफडालाई आफुले मिलाउने प्रयास गरिरहेको भन्दै यसलाई समाचारको विषय नबनाईदिन आग्रह गरे । ‘यो केस म मिलाउंदैछु । यो केस अर्थ सरोकारमा आयो भने सबैले थाहा पाउँछन् र संस्थाको बदनाम हुन्छ । आइपीओमा जान लागेको संस्थाभित्रको समस्या बाहिर थाहा हुन्छ । त्यसैले प्लीज न्युज रोकिदिनुहोला ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने । यता अर्थ सरोकारको फोन राखीसकेपछी उनले कर्मचारीहरुलाई पुन: ‘मिडियामा किन गएको?’ भनेर उल्टै थर्काएको बुझिएको छ । आफ्नो कार्यशैली र कार्यक्षमता दुवैमाथि प्रश्न उठेपछि अहिले डेपुटी सीइओ सीइओसँग  निरन्तर परामर्शमा छन् । तर सीइओले पनि देखाउँदा डेपुटी सीइओलाई देखाउने तर डेपुटी सीइओलाई पनि यस्तै काम गर्न उक्साउने गरेको संस्थाका उच्च तहका कर्मचारीहरुको दाबी छ ।

यस विषयमा संस्थाका सीइओले पनि आफु विवाद मिलाउन लागि परेको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै लक्ष्मीस्वर देवकोटाले कर्मचारीको राजिनामाको केसलाई आफुले सुल्झाउने प्रयास गरिरहेको तर सफल नभएको स्वीकारेका छन् । उनी पनि यसअघि पनि संस्थामा कर्मचारीलाई काममा पेलेर तलव नदिएको प्रकरणमा मुछिएका थिए ।

 

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: