काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैईरहेको छ ।
यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ५ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २९ रुपैयाँ कायम गरेको छ ।