×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् उत्कृष्ट वित्तीय प्रतिवेदन पेश गर्ने सुचीकृत कम्पनीहरु… हेर्नुहोस्, कसले कसले पाए अवार्ड ? (Exclusive भिडियो रिपोर्ट)

PRIME CA

यी हुन् उत्कृष्ट वित्तीय प्रतिवेदन पेश गर्ने सुचीकृत कम्पनीहरु… हेर्नुहोस्, कसले कसले पाए अवार्ड ? (Exclusive भिडियो रिपोर्ट)

१४ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रत्येक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्डबाट उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने संस्थाहरु सम्मानित भएका छन् ।
संस्थाले प्रदान गरेको अवार्ड तर्फ बाणिज्य बैंकहरुमध्ये स्याण्डर्ड चार्टड बैंकको वित्तीय प्रतिवेदन सर्वोत्कृष्ट ठहर भएको छ भने नेपाल एसबिआइ बैंक लिमिटेडको वित्तीय प्रतिवेदनले फर्ष्ट रनरअपको अवार्ड हात पारेको छ । यता फाइनान्सियल सेक्टरतर्फको अवार्ड भने मुक्तिनाथ विकास बैंकले हात पारेको छ भने लुम्बिनी बिकास बैंक लिमिटेड सो विधा अन्तर्गत फर्ष्ट रनरअप बन्न सफल भएको छ ।
यता पब्लिक सेक्टर इन्टिटितर्फको सो अवार्ड दूरसंचार प्राधिकारणले पाएको छ भने जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ। जनरल सेक्टर अन्तर्गत चिलिमे हाइड्रोपावर र र एनएनसीएचएल फर्ष्ट रनरअप भएका छन् । बीमा कम्पनीहरुमध्ये भने कसैले पनि उत्कृष्ट हुनेगरी वित्तीय प्रतिवेदन प्रस्तुत नगरेको आइक्यानले जनाएको छ ।
होटल रेडिसनमा आयोजित एक कार्यक्रमका बीच आइक्यानका अध्यक्ष सिए मदन शर्माले बैंकका प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेललाई सो अवार्ड प्रदान गरेका हुन् ।
अवार्ड प्राप्त गरेपछि कार्यक्रममा बोल्दै अवार्ड बिजेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।
आइक्यानले हरेक बर्ष सो अवार्ड प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: