काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।