×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीको १८औं वार्षिक साधारणसभा भदौ २५ गते हुने, १०.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने

अर्थ सरोकार

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार

PRIME CA

अपि पावर कम्पनीको १८औं वार्षिक साधारणसभा भदौ २५ गते हुने, १०.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने

काठमाडौं । अपि पावर कम्पनीको १८औं वार्षिक साधारणसभा भदौ २५ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा बिहान ११ बजे हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १०.५% बोनस र कर प्रयोजनका लागि ०.५५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने भएको छ ।
सभाका लागि यस कम्पनीले भदौ १८ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । भदौ १७ गते बिहीबारसम्म कायम सेयरधनीले बोनस सुरक्षित गर्न सक्नेछन् । यता बोनस वितरणपश्चात कायम चुक्ता पूँजीबाट ३९% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धीलगायतका प्रस्तावमा छलफल हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: