×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ्ग पावर कम्पनी लिमिटेडले ५ लाख कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन गर्ने, कहिलेसम्म दिन पाईनछ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामलिङ्ग पावर कम्पनी लिमिटेडले ५ लाख कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन गर्ने, कहिलेसम्म दिन पाईनछ आवेदन ?

Artha Sarokar

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५ लाख कित्ता आईपीओ भदौ १८ गते शुक्रबारदेखि आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागिआईपीओ निष्कासन गर्ने भएको हो । उक्त आईपीओ प्रतिकित्ता मूल्य १०० तोकिएको छ ।

निष्कासन गरिने कुल सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म हरेको छ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी