काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै क्रिप्टो करेन्सीहरुको कारोबार गर्नेलाई कारवाही गर्ने भएको जनाएको हो । राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएको जनाउँदै कसैले कारोबार गरेमा कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।
विदेशी मुद्रा बिनिमय ऐन अनुसार कारवाही गरिने राष्ट्र बैंकको सुचनामा उल्लेख छ । पछिल्लो समय क्रिप्टो करेसनीको कारोबारहरु बढ्दै गएकाले राष्ट्र बैंकले यस्तो सूचना निकालेको हो ।