काठमाडौँ । असोजको दोस्रो हप्ताबाट दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ । यातायात व्यवस्था विभागले दशैँका लागि असोजको दोस्रो हप्ताबाट टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।
विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै दशैँका लागि उपत्यका छोड्ने यात्रुहरुका लागि टिकट बुकिङ खुला गर्न लागेको हो । यसबारेमा सरकारसँगसमेत छलफल गरिएको विभागले जानकारी दिएको छ । यस्तै भाडादर, कोभिड स्वास्थ्य मापदण्ड तोक्ने विषयमा पनि छलफल गरिने विभागले जनाएको छ ।
यसअघिका दशैँमा करिब २० लाखले उपत्यका छाड्ने गरेका थिए । कोरोना महामारीको कारण गत वर्षको दशैँमा त्यो संख्या आधा घटेको थियो । दशैँका समयमा टाढा जाने यात्रुहरुका लागि सहजता प्रदान गर्नका लागि सरकारले प्रत्येक वर्ष अग्रिम टिकट बुकिङको व्यवस्था गर्दै आएको छ । दसैँका झन्डै २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्