×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले दोस्रो त्रैमासमा कमायो ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा, अधिकांश सूचकहरुमा आकर्षक वृद्धि

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंकले दोस्रो त्रैमासमा कमायो ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा, अधिकांश सूचकहरुमा आकर्षक वृद्धि

८ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले पनि आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले दोस्रो त्रैमास ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । विवरण अनुसार यस अवधिसम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा छ । 
यस्तै वितरण योग्य नाफा पनि ८४ करोड ८० लाख ४२ हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १२.३९% र २१.५६% ले बढेको सार्वजनिक विवरण उल्लेख छ । बैंकको खराब कर्जा ०.९९% बाट बढेर २.४२% पुगेको छ । पुस मसान्तमा यस बैंकको बेस रेट ८.२५% र स्प्रेड रेट ४.०८% रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: