Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : जोखिम मोलेर यात्रा गर्दै जाजरकोटका सार्वसाधारण, बजारबाट फलफूल तथा तरकारी किन्दै ग्राहक

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जाजरकोट–डोल्पा सडक खण्डबाट नलगाड नगरपालिका–८ को मन्मैदेखि जिकुवा जोड्ने सडक वर्षायाममा भत्किएपछि जोखिम मोलेर गन्तव्यतर्फ हिँड्दै गरेका सर्वसाधारणदेखि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको सहजपुर बजारमा बिक्रीका लागि राखिएका स्थानीय क्षेत्रमा उत्पादित तरकारी तथा फलफूलसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :

जाजरकोट–डोल्पा सडक खण्डबाट नलगाड नगरपालिका–८ को मन्मैदेखि जिकुवा जोड्ने सडक वर्षायाममा भत्किएपछि जोखिम मोलेर गन्तव्यतर्फ हिँड्दै गरेका सर्वसाधारण ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको सहजपुर बजारमा बिक्रीका लागि राखिएका स्थानीय क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल ।

पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि जाममा परेका सवारी साधन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ नाग्दीखोलामा पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने ।

गत असार १ र साउन १६ गतेको बाढीले बगुवा वेशीको हजारौँ रोपनी खेतीयोग्य जमिनमा लगाइएको चैते धान र मकै बाली नष्ट ।

लालझाडी गाउँपालिका– २ कञ्जका महिला कुचो बनाउनका लागि काँस जातको घाँसको फूल झार्दै ।

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतस्थित रञ्जिला कृषि तथा पशुपक्षी फार्ममा नवीन घिमिरेले व्यावसायिक रुपमा गर्नुभएको कालिजपालन । रु २० लाखको लगानीमा गत वैशाखमा स्थापना भएको फार्ममा ६०० वटा रिङनेट जातका कालिज छन् । बेनी, पोखरा र बागलुङमा प्रतिगोटा रु तीन हजार ५०० का दरले कालिज बिक्री हुने गरेको छ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अक्षर लेख्न सिक्दै महिला । रोट¥याक्ट क्लब अफ वेदव्यासको ‘सिकाइको उमेर हुँदैन’ अभियानअन्तर्गत यहाँका महिलालाई अक्षर सिकाउन थालिएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका—७ का दलित समुदायका महिला डोको नाङ्लो बुन्न प्रयोग हुने निगालोको भारी बिसाएर थकाई मार्दै । पछिल्ला वर्षमा जङ्गल क्षेत्रमा निगालो र बाँस पर्याप्त मात्रामा नपाउँदा डोको डालो बनाउने पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको यो समुदायको भनाइ छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK