लगानीकर्ताका पक्षमा धितोपत्र बोर्डलाई घुँडा टेकाउन सफल भएकाहरु बने संगठित बनेका छन् । फलस्वरुप पूँजीबजारमा लगानीकर्ताहरुको अर्को संगठन पनि जन्मिएको छ ।
पूँजीबजार सुधार संघर्ष समिति समूहले नयाँ संगठन बनाएको हो । यो संगठनले पूँजीबजारको हकहितका लागि आन्दोलन गर्दै आएको छ । नवगठित संघमा अध्यक्ष डिल्लीश्वर कार्की सहित उपाध्यक्षमा विनायक शिवाकोटी(आदित्य), सचिवमा विनोद बजगाई, सहसचिवमा शिरिष आचार्य र सुनिलकुमार दाहाल, कोषाध्यक्षमा सुशील कुमार लुनियाँ, सहकोषाध्यक्षमा विमला न्यौपाने र सदस्यहरुमा ज्यानेन्द्र ओझा, रत्नकाजी महर्जन, राजेन्द्र खड्का र डम्बर श्रेष्ठ चुनिएका छन् ।
शुक्रबार काठमाण्डौमा भएको संगठनको भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा ३ सदस्य रहेका छन् । समितिमा उपेन्द्र पाठक, उमेशराज सिलवाल र अनिल खतिवडा रहेका छन् भने यो संघको संरक्षकको रुपमा दीपेन्द्र अग्रवाल रहेका छन्।