×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जा लिमिटेडको आईपीओ प्रि-अलोटमेन्ट सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साहस उर्जा लिमिटेडको आईपीओ प्रि-अलोटमेन्ट सम्पन्न

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ प्रि अलोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको हो । बोर्डको स्वीकृति प्राप्त भए आइतबार आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।
यस कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो । यो आईपीओमा २४ लाख ६४ हजारभन्दा बढी आवेदन दिएका थिए । यस आधारमा ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको थियो।
मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ भने भाग्यमानी ६ लाख ४४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् । कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी