×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्ज (नेप्से) के हो ? यसका काम, कर्तव्य, अधिकार के-के हुन् ?

PRIME CA

नेपाल स्टक एक्सचेन्ज (नेप्से) के हो ? यसका काम, कर्तव्य, अधिकार के-के हुन् ?

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

बिशाल श्रीपाइलि । सरकारी धितोपत्र तथा संस्थागत धितोपत्रहरुलाई तरलता पर्दान गर्न साथै सो सम्बन्धि हुने खरिद बिक्री कार्यमा सहजता र सुविधा उपलब्ध गराउनको निमित्त नेपालको एक मात्र धितोपत्रको दोश्रो बजारलाइलाई नेप्से भनिन्छ । यसले धितोपत्रहरुको सुचीकरण गरि विनिमय कार्यमा सघाउ पुर्याउदछ ।
बि .स २०३३ साल असाढ २२ गते सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछी नेपालमा औपचारिक रुपमा धितोपत्रहरुको कारोबारको प्रचलन सुरुवात भएको हो त्यसपश्चात धितोपत्र कारोबार ऐन २०४० प्रारम्भ भएको र २०४९ सालमा उक्तको ऐनको पहिलो संसोधन गराई २०५० मा सेक्युरिटी खरिद बिक्री केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज परिणत गरियो ।
नेपाल स्टक एक्सचेन्जले पहिलो पटक २०५० माघ ३० बाट नेप्से सूचांकको सुरुवात गर्यो त्यसबेला नेप्से सूचांक १०० कायम गरिएको थियो जसलाई नेप्सेको आधार बिन्दु भनिन्छ । हाल नेप्सेले धितोपत्र बजारको मापनगर्न बिभिन्न उपकरणहरु प्रयोग गर्ने गर्दछ जसमध्ये नेप्से सूचांक, सेन्सेटिभ इन्डेक्स, फलोट इन्डेक्स, सेन्सेटिभ फलोट र क्षेत्रगत परिसूचक रहेका छन् ।
नेपाल स्टक एक्सचेन्ज धितोपत्र बजार संचालन नियमावली २०६४ र नेपाल धितो पत्र बोर्डको अनुमति बमोजिम संचालित छ। नेप्सेले सहायक कम्पनिको रुपमा सिडीएस एंड क्लियरिंगलाईसमेत संचालनमा ल्याएको छ।
नेप्सेको पूँजीगत संरचना हेर्दा देहाय बमोजिम रहेको छ।
१) नेपाल सरकारको : ५८.६६ %
२) नेपाल राष्ट्र बैंकको : ३४.६० %
३) नेपाल औधोगिक विकास निगम : ६.१२ %
४) इजाजत प्राप्त ब्रोकर संघ : ०.६२ %
नेपाल स्टक एक्सचेन्जका काम, कर्तव्य ,अधिकार के-के हुन् ?
नेप्सेको धितोपत्रको दोस्रो बजार संचालन र ब्यबस्थापनका निमित्त देहाय बमोजिमका काम, कर्तव्य तथा अधिकारहरु रहेका छ।
१) आफुमार्फत हुने धितोपत्र कारोबारलाइ स्वच्छ ,पारदर्शी र नियमित संचालन गर्ने, गराउने ।
२) धितोपत्र बाजार संचालन गर्दा लगानीकर्ताको हित बमोजिम संचालन र व्यवस्थापन गर्ने तथा गराउने ।
३) सार्बजनिक निष्काशन भएका धितोपत्रहरुको सूचीकरण गर्ने ।
४) आफ्नो सदस्यहरुलाई धितोपत्र समबन्धि तर्जुमा भएका ऐन, नीति नियम, निर्देशिका, मार्गदर्शन, नियमावली, विनियमावलीको पालना गर्न लागाउने र सो समबन्धमा अनुगमन सुपरिवेक्षण गर्ने, गराउने ।
५) कारोबार संचालन गर्न आवश्यक नीति तथा पद्धतिको ब्यबस्था मिलाइदिने र धितोपत्र सम्बन्धि प्राबिद्धिक सल्लाह तथा सुझाब दिने ।
६) धितोपत्र बजारको विकास बिस्तारका लागि नेपाल धितोपत्र बोर्डसंग समन्वयन गर्ने।
७) धितोपत्र बजारको सुचना दैनिकी रुपामा प्रबाह गर्ने ।
८) आकस्मिक तथा सुरक्षा व्यवस्थाका लागि प्रयाप्त सुबिधा उचित पद्दतिको व्यवस्था गर्ने ।
९) धितोपत्र संचालनको निमित्त आवश्यक अन्य कामहरु गर्ने तथा गराउने ।
अन्त्यमा
पूँजीबजारको बिकास विस्तारका लागि नेप्सेले एक अहम भूमिका खेलेको छ । धितोपत्रहरुको खरिद बिक्री कार्यमा नेप्सेले उपयुक्त बजारको व्यवस्था मिलाउनु, धितोपत्र कारोबारमा प्रबिधिमैत्री वातावरण सिर्जना गरिदिनु, कारोबारको राफसाफ तथा फर्छौटमा छिटो तथा सहजता मिलाइदिनु, पूँजीबजार सम्बन्धिको सूचना प्रबाह गरिदिनु जस्ता अन्य यावत कुराहरुले नेप्सेको महत्व रहेको छ।
नेप्सेको थप बिस्तार र आधुनिकताको लागि नेपाल सरकार तथा समबन्धित सरोकार पक्षहरुको ध्यान हुनु अत्यन्त जरुरी छ साथै पूँजी बजारमा अस्वस्थता, सम्पति सुद्धिकरणको प्रयास धितोपत्र बजारमा, धितोपत्रमा हुने भित्रि कारोबार जस्ता अन्य बजारलाइ नकारात्मक प्रभाब पार्ने तत्त्वहरुको नियन्त्र र त्यसको व्यस्थापनको लागि नेप्सेले धितोपत्र बोर्डसंग समन्वयन गर्नु पर्दछ र पूँजीबजारको साक्षरता अभिवृद्धि गर्न तर्फ लाग्नु पर्दछ। (श्रीपाइलि सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत छन्)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: