×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा ६.०४ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा, अन्य सूचकको अवस्था यस्तो (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

दोस्रो त्रैमासमा ६.०४ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा, अन्य सूचकको अवस्था यस्तो (विवरणसहित)

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड २८ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले दोस्रो त्रैमासमा नाफामा ६.०४% ले गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाले गत वर्ष यसैअवधिमा ६ करोड ६९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाको सञ्चालन नाफा पनि ५.८२% ले घटेर ९ करोड ९८ लाख २३ हजार रुपैयाँमा सिमित भएको छ । खुद ब्याज आम्दानी भने बढेको छ । यस अवधिसम्म आउँदा संस्थाको खुद ब्याज आम्दानी ९.९८% ले बढेर ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १९ करोड ९० लाख ८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ पैसा ७० रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: