×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्याक्सीवालाहरु किन यति छाडा ? गाउँबाट काठमाडौँ आउँदा भन्दा ओर्लिएर कोठा पुग्न डबल भाडा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ट्याक्सीवालाहरु किन यति छाडा ? गाउँबाट काठमाडौँ आउँदा भन्दा ओर्लिएर कोठा पुग्न डबल भाडा ?

१ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

दशैं सकिएको अझै छैन । टिका लगाउने क्रम अझै जारी छ । दशैंका बेला काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीहरु कम हुने नै भए ।  र त आआफ्नो आफन्तजनका टीका लगाउनको बिहानै देखि सर्वसाधारणहरु ट्याक्सी खोजिरहेका थिए । उपत्यकाका चोकचोकमा पहिलेजस्तो ट्याक्सी यात्रु पर्खेर बसेको देखिदैनथ्यो । ट्याक्सी नपाएर आफ्नो गन्तब्य स्थल पुग्न ट्याक्सी कुरेर बसेको पनि यत्तिकै थिए ।
टीका लगाउने जाने हरेकको हातमा झोला झुन्डिरहेको थियो । कतिले त आफ्नो ससाना बालबच्चा समेत च्यापिरहेको थिए । भक्तपुरको सुर्यविनायकमा बिहान एउटा पनि ट्याक्सी थिएनन् । भक्तपुरको सुर्यविनायक बस्ने कृष्ण महर्जन टीका लगाउनको लागि मैतीदेवी जान ट्याक्सी खोज्दै थिए । साथै उनीसंग उनका श्रीमती र तीन जना छोराछोरी पनि थिए । उनी हिड्न नपरोस् भनेर ट्याक्सी पर्खेर बसेका थिए । उनले बल्लबल्ल एउटा ट्याक्सी पाए । एउटा ट्याक्सी आँउदा तीन जना ट्याक्सीतिर हुइकिए । ट्याक्सी चालकले सुर्यविनायकबाट मैतीदेवी जान सिधैं दुई हजार मागे ।

दुई हजार बढी भयो मिटरमा जाउ भनेर महर्जनले ट्याक्सी चालकलाई फकाउन अनेकौं कोसिस गरे । मिटरमा हिड्न ट्याक्सी चालक तयार भएनन् । महर्जनले ट्याक्सीको विरोधमा उजुरी गर्न ट्रफिक खोजे । उनी ट्राफ्रिक बोलाउन गएका मात्र थिए । अर्को यात्रु हजार रुपैयाँ तिरेर बालकोट गइहाले । ट्राफ्रिक आउदाँसम्म त ट्याक्सीको चालक भागिसकेका थिए । उनले ट्याक्सीको नम्बरसमेत टिप्न भ्याएनन् ।

दशैंमा ट्याक्सीलाई यात्रु बोकेर फुर्सद भएन । ट्याक्सी चालकहरु मालामाल भएका छन् अनि जनता कंगाल । ट्रफिक महाशाखाले पनि दशैंका बेला अनुगमनमा खासै चासो दिएको छैन । ट्याक्सी चालकले पनि आफ्नो मनलागि भाँडा यात्रुसंग उठाएका छन् । ट्याक्सीमा भएको मिटर त देखाउनको लागि मात्र राखेको जस्तो देखिन्छ । चाडबाडको मौका छोपेर ट्याक्सी चालकले आज आफ्नो मनमर्जी चलाएका छन् ।
के सरकारले पनि चाडबाड भनेर ट्याक्सी व्यवसायीलाई छाडा छोडेको हो ?

सरकारले ट्याक्सी व्यवसाीलाई तिमीहरु जनता ठग भनेर यसरी आफ्नो मर्जी चलाउन दिएका हुन् ? चाडबाडको बेलामा जनता झन् ठगिन्छन् । यस्तो बेलामा अनुगमनमा झन् तीव्रता दिनुपर्ने होइन् र ? टीकाको दिन ट्याक्सी चढ्ने यात्रु धेरै ठगिएका छन् । केहि दिन यतासम्म यो सिलसिला रोकिएको छैन । दशैंका बेला ट्याक्सी चालकले जति माग्यो यात्रुले त्यति नै तिरेर यात्रा गरेको छन् । यात्रु अरु बेला पनि ठगिएका थिए तर आज अलिबढी ठगिए । चाडबाडको बेलामा पनि ट्याक्सी व्यवसायीले जनता ठग्न छाडेनन् । सबैलाई टीका लगाउन जानपर्छ भन्ने स्थितिलाई मध्यनजर गरेर ट्याक्सी व्यवसायी यात्रु ठग्नतर्फ उर्लिए ।
अब केही दिनमा दशैं मान्न आफ्नो घर गएकाहरु उपत्यका फर्किदैछन्। उनीहरुलाई आफ्नो कोठा फर्किन पनि ट्याक्सीको आवश्यकता पर्छ । ट्याक्सी व्यवसायीहरुले उनीहरलाई पनि ठग्छन् । ट्याक्सी व्यवसायीले मिटरमा यात्रु बोक्दैन् जनता ठग्छन् । अझ स्थिति यस्तोसम्म छ कि गाउँबाट काठमाडौँ आउन भन्दा ओर्लिएको ठाउँबाट कोठा पुग्न महँगो छ काठमाडौँमा ।

मर्दा र पर्दा नै ट्याक्सी चाहिन्छ । किन कि सार्वजनिक यातायातको भर नै हुदैन् । यत्रो जनसंख्या भएको ठाँउमा ट्याक्सीको जम्मा संख्या छ नौ हजार । ट्याक्सीमा करिब तिन दशकदेखि सिण्डिकेट कायमै छ । ट्याक्सी व्यवसायीह? जसरी हुन्छ नँया ट्याक्सीको दर्ता रोक्ने तयारीमा बसेको छन् । ट्याक्सीवालाहरु सेवा दिन तयार छैनन् । पैसा भने आफ्नो हिसाबले लिएको छन् तर सेवासुविधा भने शुन्य छ । पैसा तिरे अनुसारको फ्यासिलटी पनि हुनुपप्यो । मँहगो भाँडा लिएर जनता ठगेको छन् अनि तिनीह?लाई यसले पनि अपुग भएको छ । अहिले भएको भाडाभन्दा सस्तोमा ट्याक्सी किनेर चलाउछु, राज्यलाई राजस्व तिर्छु, आफ्नै देशमा स्वरोजगार बन्छु, मिटरमा यात्रु बोक्छु, प्रत्येक किमि २५ मा यात्रुलाई यात्रा गराउछु भन्दा पनि जनताले पाएका छैनन् । कारण के त ? बुझ्न गाह्रो छैन भन्दा ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागको गहिरो सम्बन्ध । सम्बन्धभित्रको पैसाको चलखेल ! ट्याक्सी व्यवसायीको ठगी र दादागिरीमा जनताले पनि आवाज उठाउने हो कि ?

त्यसैले सरकार मलाई भन्नुछ- ट्याक्सीवालाहरु किन यति छाडा ? गाउँबाट काठमाडौँ आउँदा भन्दा ओर्लिएर कोठा पुग्न डबल भाडा ?’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी