काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले २ आर्थिक वर्षको साधारणसभा एकैसाथ बोलाएको छ । बैंकले २०औं र २१औं वार्षिक साधारणसभा कात्तिक २४ गते सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । कम्पनीले सभामार्फतआर्थिक वर्ष २०७६/७७, २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल गर्नेछ । यद्यपि लगानीकर्तालाई लाभांश भने प्रस्ताव गरिएको छैन ।