×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोनपे पेमेन्ट सर्विसद्धारा ‘रिफर एण्ड अर्न’ अफर योजना सार्वजनिक, एक लाख रूपैयाँ सम्म जित्न सकिने

PRIME CA

फोनपे पेमेन्ट सर्विसद्धारा ‘रिफर एण्ड अर्न’ अफर योजना सार्वजनिक, एक लाख रूपैयाँ सम्म जित्न सकिने

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर योजना सार्वजनिक गरेको छ । जसमा ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न सकिन्छ । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार प्राप्त गर्न सकिन्छ । यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत रू १ लाख जित्न सकिनेछ ।
अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइन गर्नेहरूमध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ । फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामानहरू पनि किन्न सकिन्छ ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन पे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: