Skip to content
LAXMI SUNRISE BANK

अत्तरिया-चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा, सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत आपूर्ति सुचारु

अर्थ सरोकार

काठमाडौँ । वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको हो ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सुचारु भएको छ । तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन तथा विजुली सेवा अवरुद्ध भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK