×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरबीबी मर्चेन्टले ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई असार २३ देखि बिक्री गर्ने, कति कित्तासम्म भर्न पाइन्छ ?

PRIME CA

आरबीबी मर्चेन्टले ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई असार २३ देखि बिक्री गर्ने, कति कित्तासम्म भर्न पाइन्छ ?

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड १ को १० करोड इकाई असार २३ देखि बिक्री गर्ने भएको छ । असार २३ गतेदेखि क्यापिटलले ‘आरबीबी फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १३% कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक र २% इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ ।
 सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् भने असार २७ गतेसम्म आवेदन दिन पाइनेछ । 
आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ६ गतेसम्म खुला रहनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: