Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, अब भाउ कति ?

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको १८.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ६०७ रुपैयाँ निर्धारण गरेको छ ।

कात्तिक २३ गते हुने सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते बुक क्लोज गरेको छ । बैंकले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १८.५० प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK