×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबदेखि भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने, गभर्नरले भने : ‘डिजिटल भुक्तानीमा नयाँ क्रान्ति’

LAXMI SUNRISE BANK

अबदेखि भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने, गभर्नरले भने : ‘डिजिटल भुक्तानीमा नयाँ क्रान्ति’

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपेमार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् । बिहिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गरेका हुन् । भाटभटेनीमा प्रभु बैंकमार्फत क्यूआर स्क्यान राखिएको हो । यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ । जसबाट इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ ।

कार्यक्रममा बोल्दै गअर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिएका छन् । कार्यक्रममा उनले भने ‘क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएकोे छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।” यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिकोसँगको सहकार्य अर्को कोशेढुंगाा बन्ने बताएका छन् । यस्तै भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबर्द्धन गर्न छुटको अफर पनि दिइएको बताए । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनको भनाई थियो । उनले अहिले २० वटा आउटलेटबाट दैनिक ४० हजार जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको गुरूङले सुनाए । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान(PCI DSs\ v3.2.1) प्रमाणीकरण प्राप्त संस्था हो । कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको क्यूआरमार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ । फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी