काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।
राष्ट्र बैंकले सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (भारत), चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन (चाइना), कासा डा मोइदा दो ब्रासिल (ब्राजिल), क्रेन एबी (स्विडेन), डी ला रुई इन्टरनेशनल लिमिटेड (बेलायत) छनोटमा परेको जनाएको छ ।
यस्तै गाईसिक प्लस डिभ्राइन्ट करेन्सी टेक्नोलोजी, जीएमबीएच (जर्मनी), जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’ (रुस), कोरिया मिन्टिङ, सेक्युरिटी प्रिन्टिङ एन्ड आईडी कार्ड अपरेटिङ कर्प (कोरिया), अबर्थर फिड्युसायर सास (फ्रान्स) र ओरेल फ्युसिल सेक्युरिटी प्रिन्टिङ (स्विट्जरल्यान्ड) रहेका छन् ।
बैंकले नेपाली नोट छपाइका लागि गत जुलाई २२ तारिखमा अन्तर्राष्ट्रिय टेन्डरमा आह्वान गरेको थियो । सोही टेन्डरका आधारमा १० कम्पनी छानिएका हुन ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्