काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा ९०.८०% को छलाङ मारेको छ । बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९०.८०% ले बढेर २१ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको जनाएको हो । गत वर्ष सोहि अवधिमा बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै यस अवधिसम्म आउँदा बैंकको वितरणयोग्य नाफा ५१ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले बढेर २९ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ०५ पैसा छ । बैंकले खुद ब्याज आम्दानी ३३.७१% र सञ्चालन नाफा ८३/४०% ले बढेको पनि जनाएको छ । बैंकको रिजर्भ कोषमा २ अर्ब १ करोड रुपैयाँ हुँदा चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।