काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट अति तथा मध्यम प्रभावित उद्योगी व्यवसायीहरुलाई एकमुष्ट रुपमा पुनर्कर्जा दिने जनाएको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) पुनरकर्जाको लागि एकमुष्ट रुपमा बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन आह्वान गरेको हो ।
जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि कात्तिक १४ देखि मङ्सिर १९ गतेसम्म आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” भने लागू गरिसकेको छ । राष्ट्र बैंकका अनुसार प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने छ । यसको ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।
यस्तै एकमुष्ट पुनर्कर्जा लिएका ऋणीहरुले भने अहिले आबेदन दिन पाउने छैनन । आवेदन छनौट गर्दा बैंक वित्तीय संस्थाको एउटा शाखाबाट कम्तिमा पनि ५ वटा ऋणीको आबेदन समेटिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। ऋणीहरुले आफुले ऋण लिएका शाखामा पुनर्कर्जाको माग गरि आबेदन दिएपश्चात सम्बन्धित शाखाले आबेदन छनौट गरि पुनर्कर्जाको लागि नेपाल राष्ट्र बैंकमा आबेदन दिनुपर्नेछ ।
पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेश पनि गर्नुपर्नेछ । ग्राहकले पुनर्कर्जा तोकिएको अवधि ६ महिना वा बर्ष दिनसम्म प्रयोग गर्न पाउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्