×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४२ अंकको उछालपछि ऐतिहासिक बिन्दुमा नेप्से

PRIME CA

४२ अंकको उछालपछि ऐतिहासिक बिन्दुमा नेप्से

अर्थ सरोकार

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्सेमा नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से परिसूचकले ३ हजार पार गर्दै नयाँ रेकर्ड बनाउन सफल भएको हो । 
आइतबारको तुलनामा बजार ४२.७२ अंकले बढेर ३०२५.५८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ५० लाख २७ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब ८४ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्यालीको भएको छ । यस कम्पनीको ६२ करोड ५९ लाखमाथिको कारोबार भएको छ । आज ६ समूह घटेका छन् भने अन्य समूह बढेका छन् । यस्तै आज सबैभन्दा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने माउन्टेन हाइद्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: