Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूटको तेस्रो वार्षिक साधारणसभा मंसिरमा हुने, यस्ता छन् पारित हुने विषयहरु

अर्थ सरोकार

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभा मंसिर १७ गते हुने भएको हो । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो ।

सभा होटल एलफ्ट, ठमेल काठमाडौंमा अपरान्ह्र ४ बजे सुरु हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, वित्तीय विवरण, नाफा, नोक्सान लगायतका एजेण्डाहरु पेस हुनेछ । यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ४ (१) को संशोधन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK