काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।