नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेप संकलन सम्बन्धि निर्देशन परिवर्तन गरेको छ।
१. बैकको निक्षेप (Bidding) को आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने। यस अघी तिन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईदैनथ्यो।
२. बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेप को अधिकतम ब्याजदरको औषत निकालेर सो मा बढिमा 10% बृद्दि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्नेछ। पहिले आफ्नो बैंक ले प्रकाशित गरेको ब्याजदरमा 10% थप गरि गर्न पाइने ब्यबस्था थियो।
३. ब्याक्तिगत मुद्दति निक्षेप मा ०.५०% थप गरेर दिन पाउने ब्यबस्था हटाईयो। अब बैकहरुलाई ग्राहक हेरी ०.५०% थप ब्याजदर दिन पाउने छैनन।
४. आफुसंगै रहेको निक्षेप मा पुन बोलकबोल गर्नु परेमा ०.१०% सम्म थप गरि निक्षेप संकलन गर्न पाईनेछ।
यसको असर:
१.बैकहरु ले आफुखुशी ब्याजदर प्रकाशित गर्न पाउने छैनन। सबै बैकहरुको संस्थागत निक्षेप को ब्याजदर ९.०५% को हाराहारी हुने देखिन्छ भने ब्याक्तिगत निक्षेपको ब्याजदर १०.०५% हाराहारी हुने देखिन्छ।
२. बोलकबोलको निक्षेप जुन बैंकसंग छ त्यहि त्यहि बैंक मै नबिकरण हुने अबस्थालाई देखिन्छ। यसले गर्दा बैकहरुको निक्षेप तानातान भएर सिडि नै नाघ्ने अबस्थामा अली सहजता हुनेछ।
३. बैंक हरुले एउटै प्रकारको निक्षेप मा पनी मागेमा ०.५०% थप्ने नत्र कम दरमा नै निक्षेप लगिदिने काम बन्द भएको छ।
यसले हालको निक्षेप रु ४७.९१ खर्ब र कर्जा रु. ४५.३५ खर्ब सहितको बैकिङको सिडि रेस्याे ८९.९५% लाई कुनै सहजता प्रदान गर्ने होइन तत्कालै बैंकिंग को ब्याज दर निर्धारण को गाईडलाइन्स मात्र दिएको देखिन्छ। सिडि रेस्याे सहजता प्रदान गर्न अर्को निर्देशनको अपेक्षा गरिएको छ।
(मनोज ज्ञवाली नबिल बैंकका महाप्रबन्धक हुन् ।)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्