काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २५ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षकोभन्दा ११०.३२ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा कम्पनीले १२ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष बिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष बढाएर १ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ८९ लाख रुपैयाँबाट बढेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २५२ रुपैयाँबाट बढेर १ हजार ७२ रुपैयाँ (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि २२ सय ७४ रुपैयाँबाट बढेर ३१ सय ४ रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङमा २ अर्ब ७६ करोड रुपैयाँ रहेको कम्पनीको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ ।