Skip to content
LAXMI SUNRISE BANK

साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले बोनस पाउन पहिला कर तिर्नुपर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले तत्कालिन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीलाई दुई आर्थिक वर्षको बोनस सेयर पाउनका लागि पहिला कर तिर्न आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै तत्कालिन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो । 
बैंकको सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलले लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । अब सेयरधनीले सिटिजन्स बैंकको खाता नम्बर ००१०१००००४११९२०१ मा कर वापतको रकम जम्मा गरि भौचर सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलमा स्क्यान गर्नुपर्नेछ । 
तिनाउ मिसनले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२% र २०७६/७७ को नाफाबाट ६% बोनस सेयर वितरण गरेको थियो । सिटिजन्सले तिनाउलाई एक्वायर गरेर चैत १४ गतेबाट एकिकृत कारोबार थालिसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK