Skip to content
LAXMI SUNRISE BANK

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ल्यायाे नेपालमै पहिलोपटक ‘आजिवन डिम्याट खाता’, यस्तो छ सुविधा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नेपालमै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याएकाे छ । आइतबारदेखि लागु हुने गरी बैंकले आजिवन डिम्याट खाताको योजना ल्याएकाे हाे । कम्पनीले शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले खाता खोलेपछि प्रत्येक वर्ष डिम्याट तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नविकरण गराउनु पर्ने झन्झटबाट मुक्त गर्न यस्ताे याेजना ल्याएकाे जनाएकाे छ ।
यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नविकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । यस्तो योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्नेछन् तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नविकरण वापतको शुल्क भुक्तानी गरेको हुनुपर्ने कम्पनीले जनाएकाे छ ।
यस सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नविकरण गर्न नसकेका लगानीकर्ताहरुले एकैपटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नविकरणको झन्झटबाट मुक्त भै फाईदा लिने कम्पनीले विश्वास लिएकाे जनाएकाे छ । लगानीकर्ता र उद्यमीहरुको हितलाई ध्यानमा राखी नबिल इन्भेष्टमेन्टले पछिल्ला दिनहरुमा नयाँ सेवाहरु संचालनमा ल्याउँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK