काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस २ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ । उक्त सभाले बैंकको १७ प्रतिशत लाभांश पारित गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
यस्तै बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज हुने भएको छ । तर्सथ मंसिर २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्