×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको १२.०७ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा

PRIME CA

मेगा बैंकको १२.०७ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मेगा बैंकको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको १२.०७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १३ गते सोमबार अन्तिम दिन रहेको हो । बैंकले साधारणसभा र लाभांश प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले ११औं वार्षिक साधारणसभा मंसिर २८ गते बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः१५ बजेदेखि सभा सुरु हुने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: