×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक घरमा भिषण आगलागी, कति भयो क्षति ?

PRIME CA
GLOBAL IME BANK

हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक घरमा भिषण आगलागी, कति भयो क्षति ?

२४ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी भएको छ । आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
आगलागीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको छ । आगलागी भएको सोही घरमा किराना पसल रहेको हुँदा पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
खार्पुनाथ प्रहरी चौकीका पाँच जनाको टोली र स्थानीयवासीले आगो निभाएको प्रहरी जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएको छ भने अन्य मानवीय र पशुचौपायको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: