काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसनले पुस महिनाको ब्याजदर नबढाउने जनाएको छ । आज शुक्रबार बसेको बैठकले पुस महिनाको ब्याजदर नबढाउने निष्कर्ष निकालेको हो ।
कात्तिक र मङ्सिरमा निक्षेपको ब्याज बढाएका बैंकहरूले पुसमा भने नबढाउने सहमती भएको हो । संघका अध्यक्ष अनिल उपाध्यायले बजारमा तरलताको सङ्कट बढ्दै गएको भए पनि पुस महिनाको लागि ब्याजदर नबढाउने सहमति भएको बताए ।
बैठकमा २५ बैंकका सीईओ तथा प्रतिनिधि सहभागी थिए भने बैंक अफ काठमाडू र लक्ष्मी बैंकको प्रतिनिधि सहभागी भएनन् । संघले सहभागी नभएका २ बैंकका प्रतिनिधि र विकास बैंक, वित्त कम्पनीसँग पनि सल्लाह गरेर ब्याजदरबारे निर्णय लिने अध्यक्ष उपाध्यायले बताए ।
कात्तिक १ गतेदेखि ९.३६ र मङ्सिर १ गतेबाट १०.०५ प्रतिशतमा निक्षेप लिन पाउने सहमति भएको थियो । बैंकहरूले रेमिट्यान्सको लागि छुट्टै १ प्रतिशत थप व्याज दिन पाउने व्यवस्था गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्