- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार दोस्रो दिन सोमबार प्रि ओपनिङ सेसनमा नेप्से ३ हजार बिन्दुमाथि पुगेको छ । प्रि ओपनिङ सेसनमा नेप्से २६.३५ अंकले बढेर ३००९ दशमलव ४६ बिन्दुमा पुगेको हो ।
यस अवधिमा कुल ९३ कम्पनीको ४० हजार ५९२ कित्ता सेयर२ करोड १९ लाख ५९ हजार ८५९ रुपैयाँमा किनबेच भएको छ । कुल ९३ कम्पनीमध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।