×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको ४ महिनामा ४.१ प्रतिशतले घट्यो मार्जिन प्रकृति कर्जा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चालु आर्थिक वर्षको ४ महिनामा ४.१ प्रतिशतले घट्यो मार्जिन प्रकृति कर्जा

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा मार्जिन प्रकृति कर्जा ४.१ प्रतिशतले घटेको जनाएको छ । राष्ट्र बैंकले यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.४ प्रतिशतले र हायर पर्चेज कर्जा ४.२ प्रतिशतले बढेको जनाएको हो । यस्तै मार्जिन प्रकृति कर्जा भने ४.१ प्रतिशतले घटेको हो ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ११.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले बढेको छ ।
२०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । २०७७ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी