×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निययम विपरित कारोबार गर्ने १३ वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निययम विपरित कारोबार गर्ने १३ वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

Artha Sarokar

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले वार्षिक कार्ययोजना अनुसार गर्ने फिल्ड सुपरिवेक्षणको क्रममा निर्देशको विपरित गएर कारोबार गर्ने वाणिज्य बैंकहरुलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारवाही गरेको हो ।
प्रिमियम दर बढाउनेदेखि धितो लिलामीका विभिन्न गुनासो तथा उजुरी आएपछि बैंकमा विषेश निगरानी बढाइएको थियो । पहिलो त्रैमासमा राष्ट्र बैंकले विषेश गरी कृत्रिम विदेशी निक्षेप देखाएर कारोबार गर्ने वाणिज्य बैंकहरुलाई लिखित स्पष्टिकरण सोधेरसमेत सचेत गराएको स्रोतले जनाएको छ ।
बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरी व्यवसाय गर्न विदेशी मुद्राको कृत्रिम निक्षेप देखाएका थिए । नियमित फिल्ड सुपरिवेक्षण र विषेश निगरानीको क्रममा असोज मसान्तसम्म १३ वटा वाणिज्य बैंक कारवाहीमा परेका हुन् ।
राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षणले वार्षिक कार्ययोजना अनुसार चालु आवमा ९ वटा वाणिज्य बैंकको फिल्ड अनुगमन तथा निगरानी पुरा गरिसकेको छ भने ४ वटा चरणमा रहेको छ । यस्तै वार्षिक कार्ययोजना बाहेकसमेत राष्ट्र बैंकले उजुरी तथा गुनासोको आधारमा विषेश निगरानी बैंकमा आफ्नो टोली पठाएर गर्छ ।
कृत्रिम विदेशी निक्षेपका देखाएका कारण १३ वटा वाणिज्य बैंक र ७ वटा बैंक ब्याजदरको कारण परेका छन् । यी मध्ये अधिकांश बैंक दोहोरो कारवाहीमा परेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी