Skip to content
LAXMI SUNRISE BANK

आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले पुस ३० गते बोलायो तेस्रो वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको छ । कम्पनीले सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे गर्ने भएको हो।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै यस लघुवित्त वित्तीय संस्था अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK