काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजार अरुको सम्पत्ती हडपेर अकुत पैसा कमाउने क्षेत्र रहेको बताएका छन् । प्रचण्डले आठौं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सेयर बजार अरुको सम्पत्ती हडपेर अकुत पैसा कमाउने क्षेत्र रहेको उल्लेख गरेका हुन् ।
उनले छिटो पैसा कमाउनको लागि सेयर बजारमुद्रा बजार, धितोपत्र खरिद बिक्रि तथा घरजग्गा किनबेचमा लगानी लगानी गर्ने प्रवृति बढेकोसमेत बताए । देशको पूँजी उत्पादन क्षेत्रबाट वित्त क्षेत्रमा पलायन भएको भन्दै सेयर बजारको बारेमा आफ्नो पुरातनवादी शैलीलाई निरन्तरता दिएका छन् ।
‘वित्त क्षेत्रमा पुँजीको पलायन हुनुको मुख्यकारण पुँजीपतिको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो’ प्रतिवेदनमा उनले भनेका छन्, ‘उत्पादनको क्षेत्रमा लगानी गर्दा समय धेरै लामो लाग्ने, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा चाहिँ कम आउने कारणले नै पुँजीपतिहरूले अरुको सम्पत्ति छिट्टै हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा गर्न थालेका हुन् ।’ प्रतिवेदनमा उल्लेख छ ।
यता उनले केहि समय अघि पूँजीबजारलाई ‘साम्राज्यवादकै विस्तारित रुप’ हो भनेपछि विवादित बनेका थिए । तर पछि आफु सेयर लगानीकर्ताको पक्षमै आफु रहेको धारणा सार्वजनिक गरेका उनले सोमबार आफ्नै पार्टीको आठौं महाधिवेशनमा सेयर बजार अरुको सम्पत्ती हडपेर अकुत पैसा कमाउने क्षेत्र रहेको बताए । उनको भनाइपछि सोमबार बजारमा भारी अंकको गिरावट आएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्