×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : घटनाका मुख्य योजनाकार बैंकका सीइओ नवीन सुवेदी पक्राउ !

PRIME CA

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : घटनाका मुख्य योजनाकार बैंकका सीइओ नवीन सुवेदी पक्राउ !

१४ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

मोरङ । झन्डै १६ करोड घोटाला भएको तथ्य बाहिरिएपछि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सुवेदीलाई प्रहरीले बुधबार बेलुका बैंककै कार्यालयबाट पक्राउ गरेको हो । उनको मिलेमतोमा  बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा झन्डै १६ करोड रुपैयाँ रकम घोटाला भएको थियो ।

घटनामा आफु बच्न र आफुले अर्हाएको काम गर्ने कर्मचारीलाई फसाउन उनले बैंकभित्र झैझगडा गरेको भन्दै उनका आफन्तसमेत पर्ने बैंकका कर्मचारी हिमाल भट्टराईलाई अभद्र व्यवहारको मुद्धा हालेर पक्राउ गर्न लगाएका थिए । भट्टराई हिरासतमै हुँदा बैंकले घोटाला प्रकरणमा भट्टराईको संलग्नता भएको भन्दै बैंकिङ कसुरको मुद्धा अगाडी बढाएको थियो । तर सो प्रकरण सुवेदीकै संलग्नतामा भएको देखिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीको भनाइ छ ।
सीइओले अर्हाएको काम गर्ने आफ्नो मान्छेलाई पक्राउ गरेर सीइओचाहिं चोखिन खोजेको भन्दै केहि दिन अघि मात्र यस अघि पक्राउ परेका हिमाल भट्टराईको परिवारले सीइओ सुवेदीलाई हदैसम्मको कारवाहीको माग राख्दै पत्रकार सम्मेलनसमेत गरेका थिए । सेटिङ मिलाएर घटनाका मुख्य योजनाकार सुवेदीलाई चोखो देखाएर हिमाल भट्टराईलाई फसाउन खोजेको भन्दै भट्टराईको परिवारले न्यायका लागि याचना गरेको थियो । चौतर्फी दबाबपछि प्रहरीले सुवेदीलाई समेत पक्राउ गरेको छ । प्रहरीले सुवेदीसहित बैंकका वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगरलाई पनि पक्राउ गरेको छ ।
बैंकबाट घोटाला भएको रकममध्ये अधिकांस रकम सीईओ सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ । ६ वर्षमा घोटाला भएको करिब १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकममध्ये १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको छ ।
सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खातामा १४ करोड रुपैयाँ ट्रान्सफर भएको देखिन्छ । यसले पनि सुवेदीको संलग्नतामै सो घोटाला प्रकरण घटेको देखिएको प्रहरी स्रोतको दाबी छ ।

सो खाता भने सुवेदीकै निर्देशनमा सीइओ सुवेदीका फूपूको छोरा अर्थात बैंकका रेमिट शाखामा कार्यरत हिमाल भट्टराईले चलाउने गरेका थिए । भट्टराईलाई केहि हजार रुपैयाँ दिएर बाँकी रकम आफैं चलाउने गरेको र आफन्तलाई फसाएर सीइओ सुवेदी आफु उम्किन खोजेको भट्टराई परिवारको आरोप छ । बैंकबाट घोटला भएको रकम भगवती सुवेदी, साजन पोखरेल, बानी पोखरेललगायतका खातामा रकम पठाएको अनुसन्धानले देखाएको छ।  सबै व्यक्तिहरु सुवेदीका आफन्त हुन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: