×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधारणसभा नगर्न नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई अदालतको आदेश (अदालतको आदेशसहित)

PRIME CA

साधारणसभा नगर्न नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई अदालतको आदेश (अदालतको आदेशसहित)

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई साधारणसभा नगर्न आदेश दिएको छ । अदालतले सदस्या विवाद र कोरोना संक्रमणको कारण देखाउँदै यस्तो आदेश दिएको हो । संघले उपाध्यक्ष नारायण भक्त श्रेष्ठसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।
पौष २९ गतेको लागि बोलाइएको निर्वाचनसहितको कम्पनीको साधारणसभाको विवाद नियामक निकाय सहकारी विभागसम्म पुगेको थियो । नियामक निकाय सहकारी विभागले पौष मसान्त भित्रै साधारण सभा गर्न लिखित निर्देशन समेत दिएको छ । संस्थामा संचालकहरुबीच सदस्यता दिने विषयमा विवाद उत्पन्न भएको थियो ।
सहकारी विभागमा केही सञ्चालकले पुस २० गते उजुरी दिएका थिए । उजुरी परेपछि सहकारी विभागले संघलाई पत्र काटेर पुष मसान्त भित्रै साधारणसभा गरी सो को जानकारी दिन निर्देशन दिएको थियो । तर संस्थाले भने तोकिएको समयमा साधारण सभा गर्न नसकिने सूचना जारी गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: