×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टी, एकको अवस्था गम्भीर, बाँकीको स्वास्थ्य अवस्था कस्तो छ?

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टी, एकको अवस्था गम्भीर, बाँकीको स्वास्थ्य अवस्था कस्तो छ?

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत १० कर्मचारीमा आइतबार कोरोना संक्रमण पुष्टी भएको हो । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टी भएको बैंकले जनाएको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि बन्द गरिएको छ । बैंकका प्रमुख लीलाराम ढुंगानाले १० जना कर्मचारीमध्ये एक जनामा गम्भीर लक्षण देखिएको र बाँकी नौ जना कर्मचारी होम आइसोलेसनमा रहेको बताए ।
संक्रमित सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । चार दिनका लागि सेवा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: