
- अर्थ सरोकार सम्बाददाता
तनहुँ । एलआईसी नेपालले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका सुरज लालचनको परिवारलाई ६९ लाख पाँच हजार रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी रकम प्रदान गरेको छ । गत असोज १३ गते हृदयघातबाट मृत्यु भएका ५० बर्षिय लालचनकी श्रीमती पम्फा राम्जाली लालचनलाई कम्पनीले बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी बीमितकी श्रीमतीलाई बीमा रकम बराबरको चेक हस्तान्तरण गरिएको एलआईसी नेपाल दमौली शाखाले जनाएको छ । मृतक लालचनले पाँच बर्ष अघि ५० लाखको जीवन बीमा गराएका थिए । बीमा गरेको पाँच वर्ष पुरा भएपछि मृत्यु भएकोले कूल बीमाङ्क रकममा बोनस थप गरी दावी भुक्तानी गरेको हो । एलआईसी नेपाल दमौली शाखाका प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी मेनेजर गोबिन्द खड्का र नमराज क्षेत्रीको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्