×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको ऋण नतिरी भागेका अग्रवाल दाजुभाइको जग्गा लिलामीमा, कुन बैंकमा कति छ ऋण ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकको ऋण नतिरी भागेका अग्रवाल दाजुभाइको जग्गा लिलामीमा, कुन बैंकमा कति छ ऋण ?

Artha Sarokar

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ५ बैंकको अर्बौं ऋण लिएर मदिरा व्यवसायी अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि मेगा बैंकले उनीहरुको जग्गा लिलामीमा राखेको छ । बैंकले बुधबार सूचना जारी गर्दै अग्रवाल दाजुभाइको कलंकीमा रहेको जग्गा लिलामी गर्ने जनाएको हो । बैंकले अग्रवाल दाजुभाइसहित अन्य जमानीकर्ता रजनी अग्रवाल, ओमप्रकाश अग्रवाल र उषा अग्रवालको नाम सूचना निकालेको हो ।
अग्रवाल दाजुभाइले सो बैंकबाट २५ करोड ऋण लिएका थिए । बैंकले लिलामीका लागि बोलपत्र माघ १९ गतेसम्म दिन सकिने जनाएको छ भने सो बोलपत्र माघ २० गते खोलिने छ । २० गतेअघि उनले बैंकको ऋण नबुझाए सम्पत्ति लिलाम हुनेछ ।
उनीहरुले एभरेष्ट बैंकबाट २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट २ करोड, ग्लोबल आइएमइ बैंकबाट १८ करोड ऋण लिएर फरार भएका हुन् । यसबाहेक मिटर ब्याजमा पनि ऋण लिएका छन् । मिटर ब्याजीले मार्ने धम्की दिएपछि उनीहरु बेपत्ता भएको बताइएको छ । साथै उनीहरुले भाग्नु अघि अर्ब बढीको सेयर बेचेको पनि पाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी